राष्ट्रपतिले गरिन् ५२३ जना कैदीको सजाय मिनाहा

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : १८


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् ।

भोलि आइतबार देखि लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ।

मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम बाँकी कैद मिनाह भएको जनाइएको छ।

केहि दिनअघि गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष कैद मिनाहाका लागि सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस्