कुरिनटारमा होर्डिङबोर्ड राख्नेक्रममा भारतीय नागरिकको मृत्यु

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ५४


मुग्लिन । चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको आज मृत्यु भएको छ।

चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५/२६ वर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो।

हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्