मलेसियाबाट आज एकैदिन ल्याइयो ६ शवसहित १५ जनाको अस्तु

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ३४


काठमाडौं । मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ।

वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो।

६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ।

नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।

जनउद्धार केन्द्र मलेशियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ।

उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए।


प्रतिक्रिया दिनुहोस्