नेपालमा थप एक हजार ६६ मा कोरोना पुष्टि, १६ को मृत्यु

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०७


देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ९१० पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ। पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन्।

यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ। निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

हाल नेपालमा २३ हजार ६३६ जना होमआइसोलेशन, एक हजार ४४६ संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३८९ आइसीयू र १२१ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ। हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ ।

थप १६ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

यस रोगबाट हुने मृत्युदर हाल १.५ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय एक लाख ७० हजार ३१७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्