इमरान खानले तालिबानसँग समावेशी सरकारको विषयमा कुरा सुरु गरे

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०३


पाकिस्तानले तालिबानसँग समावेशी सरकार बनाउने विषयमा छलफल सुरुवात गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस विषयको जानकारी दिएका छन्।

खानले ट्विटरमा भनेका छन्,‘ताजकिस्तानको दुसाम्बेमा अफगानिस्तानको छिमेकी देशको नेता र विशेष रुपमा ताजकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग मैले लामो समय चर्चा गरेपछि तजिक हजारा र उज्बेकिस्तानलाई सामिल गरेर एक समावेशी अफगान सरकार बनाउन तालिबानसँग छलफल सुरु गरेको छु।’

शुक्रबार मात्र खानले सांघाई सहयोग संगठनको बैठकमा अफगानिस्तानको अस्थिरता दोस्रो राष्ट्रको लागि समस्या हुनसक्ने बताएका थिए। अफगानिस्तानलाई एक्लै छोड्दा त्यहाँ गृहयुद्धको स्थिती निम्तनसक्ने र त्यसको प्रभाव नकरात्मक पर्नसक्ने उनको भनाइ थियो।

उनले सो कारणले सीमा क्षेत्रमा शरणार्थी बढ्ने र लागुऔषधको तस्करी हुँदै अन्तर्राष्ट्रिय संगठित अपराध बढ्नसक्ने बताएका थिए। छलफलले मात्र अफगाननिस्तानको समस्या हल गर्न सकिने खानको भनाइ छ।

तालिबानको अन्तरिम सरकारलाई भारत, अमेरिकासहित विश्वका धेरै राष्ट्रले समावेशी नभएको आरोप लगाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्