आफ्नै पार्टीको सरकारलाई कोइरालाले भनेः सरकार अलोकतान्त्रिक छ

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ३५


सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक हिसाबले अघि बढेको आरोप लगाएका छन्।

विराटनगरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफ्नै पार्टीको नेतृत्वको सरकारको आलोचना गरेका हुन्। उनले संसद् छलेर अध्यादेशबाट देश चलाउनु लोकतान्त्रिक तरिका नभएको बताए।

उनले भनेका छन्,‘‘चलिरहेको संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश सरकारले ल्यायो, संसद् छलेर अध्यादेश त ल्याउनु हुँदैन नी। सरकार अलोकतान्त्रिक हिसाबले अघि बढ्दै छ भन्ने कुरा त देखिराख्या छ त।’

कांग्रेस नेतृत्वकै सरकार भएपनि गलत कुराहरुको विरुद्धमा बोल्नैपर्ने कोइरालाको भनाइ थियो। सरकार गठन भएको ६७ दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नु र ५ जनाले सरकार चलाउन नसक्नुलाई लोकतान्त्रिक सरकार भन्न मिल्छ भन्दै कोइरालाले प्रश्न गरेका छन्।


प्रतिक्रिया दिनुहोस्