अमेरिकाको फ्लोरिडा राज्यमा एक महिला नग्न भएर गोल्फ कार्ट गाडी चलाइरहेकी थिइन्। जब प्रहरीले ती महिलाको अश्लिल हर्कत देखे उनीहरु ती महिलालाई रोक्न गए।
तर प्रहरी रोक्न गएपछि ती नग्न महिला प्रहरीसँग सडकै झडपमा उत्रिएको द इन्डिपेन्डेन्टले जनाएको छ। गल्फको मैदानमा चलाइने उक्त गाडी चलाउने महिला पछि गिरफ्तार भइन्।
प्रहरीका अनुसार ती नग्न महिलाले मदिरा पिएकी थिइन्। वास्तवमा प्रहरी अर्कै घटनाको लागि सडकमा गाडीमा गइरहेका थिए। तर ती महिलालाई देखेपछि उनीहरु महिला नियन्त्रण गर्न गएका थिए।
सोही प्रहरीले केहीबेरमै अवैध बन्दुक बोक्ने १८ वर्षका किशोर पनि पक्राउ गरेका थिए।