नेपालको साथ छाड्ने नेतालाई झाँक्रीले भनिन्ः भगौडा जर्नेललाई कमान्डर मान्दिन

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : २७


नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेताहरुलाई कमान्डर मान्न नसकिने बताएकी छिन्।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष माधवकुमार नेपालको साथ छाड्ने नेताहरुलाई युद्धबाट भाग्ने भगौडा जर्नेलको संज्ञा दिएकी हुन्। उनीहरुलाई फेरि कमान्डर बनाउन र मान्न नसकिने उनको भनाइ छ।

‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भनेकी छिन्, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन। तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ। संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ। त्यसैले ढोका बन्द गर्नुहुन्न ।’

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए।


प्रतिक्रिया दिनुहोस्