नेपाल लक्षित पोखरेलको टिप्पणीः एमालेबाट चोइटिएका मासिएर जान्छन्

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ५८


नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव कुमार लक्षित टिप्पणी गर्दै पार्टीबाट फुटेर गएकाहरुले कुनै राजनीतिक हैसियत बनाउन नसक्ने दाबी गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका उनले एमालेबाट चोइटिएकाहरु मासिएर जाने बताएका हुन्।

पोखरेलले भनेका छन्,‘एमालेबाट चोइटिएर जानेहरु सकिन्छन्, मासिएर जान्छन्, विभाजनमा जानेहरुको भविष्य अन्धकारमा जान्छ। उनीहरुको भविष्य अँध्यारो सुरुङभित्र पसिसकेको छ।’


प्रतिक्रिया दिनुहोस्