सभामुख सापकोटा आफैं भन्छन्ः संसदको कामबाट म सन्तुष्ट छैन

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ०६


सभामुख अग्निप्रसाद सापकोटा आफैंले आफू संसदको कार्यसम्पादनबाट सन्तुष्ट हुन नसकेको बताएका छन्।

शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।

उनका अनुसार संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेका छन्। उनी भन्छन्, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन। कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ। इमानका साथ म यसमा केन्द्रित हुन्छु।’

उनले आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि बताएका छन्।


प्रतिक्रिया दिनुहोस्