चोरी भएका २४ मोटरसाईकल फेला पारेर ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगायो

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ४९


महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन्। मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी जनक भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको जनाए।

उनले चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए।

उनले सवारी साधनको चोरी न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र सम्बन्धित धनीहरुले समेत सुरक्षाका उपाय र सजकता अपनाउनुपर्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस्