तालिबानबारे पहिलोपटक बोले मोदी, भनेः तालिबान सरकार समावेशी छैन

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ५७


सांघाई सहयोग संगठन एससीओको सदस्य राष्ट्रहरुलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक तालिबान–अफगानिस्तानबारे आफ्नो धारणा राखेका छन्।

उनले अफगानिस्तानको जमीन आतंकवाद प्रयोजनको लागि प्रयोग हुन नुहनेमा जोड दिए। गत अगष्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगानिस्तान तालिबानको हातमा गएको थियो।

सांघाई सहयोग संगठनमा मोदीले तालिबानको वर्तमान अन्तरिम सरकार समावेशी नभएको पनि टिप्पणी गरे। विश्वभरका देशले तालिबानको सरकारलाई वैध मान्ने कि नमान्ने भन्ने छलफल चलिरहेका बेला मोदीको यस्तो भनाइ आएको हो।

मोदीले भनेका छन्,‘पहिलो मुद्दा यो हो कि अफगानिस्तानमा सत्ता परिवर्तन समावेशी थिएन र यो सरकार छलफल बिनै घोषणा भयो। त्यसैले तालिबान सरकारलाई मान्यता मिल्ने सम्भावनामा सवाल खडा भएको छ। महिला र अल्पसंख्यासहित अफगान समुदायका सबै वर्गको प्रतिनिधित्व महत्वपूर्ण हो।’ बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्