देउवालाई तानाशाहा भन्ने प्रकाशमानले फेरि भनेः सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ३४


नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने अडान दोहोर्‍याएका छन्।

गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापतिमा लड्ने र उम्मेदवारीबाट पछाडि नहट्ने पुनः बताएका हुन्।

यसैबीच उनले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईबारे पनि जानकारी दिए। गठबन्धनमा रहेका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि अब सरकारले छिट्टै पूर्णता पाउने उनको दाबी छ।

उनले पार्टीका सभापति शेरबहादुर देउवा पार्टीमा तानाशाहा बनिरहेको आरोप लगाउने गरेका छन्। हालै सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई समान व्यवहार नगरेर तानाशाह बन्न खोजेको त्यो सह्य नहुने बताएका थिए।

आगामी मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने उनले दोहोर्याउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्