नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ०६


औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १००का तीन थान नोट बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस्