​संखुवासभा हत्याकाण्डः लोकबहादुरको भाइबारे अनुसन्धान गर्न प्रहरी घटनास्थलमा

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ५८


संखुवासभामा भएको सामुहिक हत्याकाण्डको विषयमा थप अनुसन्धान गर्नको लागि प्रदेश १ का प्रहरी अनुसन्धानको लागि घटनास्थल मादी नगरपालिका १ उम्लिङमा पुगेको छ।

हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभा पुगेको हो।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार हत्यामा लोकबहादुरको भाइको संलग्नताबारे अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको हो।

हत्याको अनुसन्धान गरी बिराटनगर फर्किएको प्रहरी टोली लोकबहादुरको भाइ नरेश कार्कीको संलग्नताको खोजी गर्दै फेरि संखुवासभा फर्किएको हो।

भदौ २१ गते बिहान भएको हत्याकाण्डपछि मृतक रञ्जना कार्कीको मोबाइल हराइरहेको थियो। सो दिन बिहान ५ः४४ बजे रञ्जनाको ओप्पो कम्पनीको मोबाइलको स्विच अफ भएको थियो।

प्रहरीले उक्त मोबाइलको खोजी गर्ने क्रममा लोकबहादुरका भाइ नरेश कार्कीले उक्त मोबाइल चलाएको पाइएपछि नरेशलाई बुधबार नरेशलाई समेत नियन्त्रणमा लिइएको थियो।

नरेशले उक्त मोबाइल कहाँबाट कसरी पाए भन्ने सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान टोली पुनः संखुवासभा फर्किएको हो। यद्यपि हत्याका आरोपी लोकबहादुरले अहिलेसम्म पनि हत्यामा आफ्नो मात्रै संलग्नता रहेको बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्