‘कमेडी च्याम्पियन’ सिजन-२ को फाइनल आजः कसले जित्ला कार ?

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ५७


पछिल्लो समय चर्चामा रहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ ले आज विजेता पाउँदैछ।

गत वर्षको तुलनामा शोले निकै चर्चा कमायो। भरतमणि पौडेल, सन्तोष थापा र विक्की अग्रवालमध्ये एक जनाले आज उपाधि उचाल्नेछन्।

भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोष प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन्।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की सिक्किमबाट सहभागी भएका हुन्।

आज शनिबार हुने फाइनलमा उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पार्नेछन्।


प्रतिक्रिया दिनुहोस्