करिष्मा मानन्धरलाई केपी ओलीको फोन: परीक्षा कस्तो भइरहेको छ?

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ३९


काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष हाल संसदमा प्रतिपक्षको भूमिकामा छन।

सरकारमै रहँदा पनि व्यस्थताका बाबजुद ओलीले विभिन्न कलाकार सेलिब्रेटीलाई एक्कासी फोन गरेर उनीहरुको हालखबर सोध्ने गरेका थिए।

हाल फुर्सदिला रहेका अध्यक्ष ओलीले सोही ठट्यौली शैलीलाई निरन्तरता राखेका छन।

मुलुकको प्रधानमन्त्री भइसकेका अध्यक्ष अ‍ोलीको एक्कासी आउने फोनले मानिसहरु छक्क पर्ने गर्छन।

विश्लेषकहरु भने ओलीको यो शैलीलाई चुनावकेन्द्रित भएर हेर्छन।

चर्चित अभिनेत्री करिष्मा मानन्धरले हाल कक्षा १२ को परीक्षा दिइरहेकी छन।

नायिका मानन्धरले पूर्वप्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको कुरा शुक्रबार राति जानकारी दिइन्।

सामाजिक सञ्जालमार्फत उनले एक्कासी ओलीको फोन आउँदा छक्क परेको उल्लेख गरेकी छन।

करिष्मामा अनुसार अध्यक्ष अ‍ोलीले परीक्षा कस्तो भइरहेको छ भन्नेबारे जिज्ञासा राखेका थिए।

करिश्मा : हजुर ठीक छ सर!! तपाईं केपी ओली???’

ओली : अ हो! विश्वास लागेन!!!’

करिश्मा : ‘लागेन सर!!’

त्यसपछि एमाले अध्यक्ष ओलीले डुंगाको कथा सुनाए। अनि बल्ल आफूलाई फोन गर्ने मानिस पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नै हो भनेर विश्वास लागेको अभिनेत्री मानन्धरले उल्लेख गरेकी छन्।

ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै नायिका मानन्धरले एमाले अध्यक्ष ओलीलाई धन्यवादसमेत दिएकी छन्।

नायिका मानन्धरले फेसबुकमा लेखेकी छन्, ‘आधुनिकताको यो दौडमा सदभाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यवाद केपी बुवा।’

तर एमाले अध्यक्ष ओलीले त्यसरी आफूलाई अचानक फोन गर्नुको कारण के हो भन्ने कुरा नायिका मानन्धरले खुलाएकी छैनन्।


प्रतिक्रिया दिनुहोस्