काठमाडौंमा खुल्न थाले स्कुल-कलेज, पद्मकन्या क्याम्पसमा ४ गतेबाट भौतिक उपस्थितिमै पढाई हुने

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : १०


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि स्कुल कलेज खुला गर्ने आदेश फिर्ता लिएको छ।

तर, कोभिड १९ महामारीको संक्रमणले बन्द रहेको पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ।

४ असोज सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले जानकारी दिएका छन्।

विश्वविद्यालयमा पढाई हुने विभिन्न विषयहरु सम्भव भएसम्म भौतिकरुपमा नै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको निर्णयअनुसार सबै विषयको कक्षा भौतिक रुपमा सञ्चालन हुने पण्डितले बताए।

 


प्रतिक्रिया दिनुहोस्