एमालेले संसद भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्न खोज्यो : केसी

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ५९


काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई मध्यावधि निर्वाचनमा धकेल्न खोजेको आरोप लगाएको छ।

पछिल्लो समय एमाले सांसदहरुले संसदमा अवरोध जारी राखेका बेला अध्यक्ष केसीले विज्ञप्ति जारी गर्दै पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई चुनावमा धकेल्न एमाले लागि परेको उल्लेख गरेका छन।

ओली समूहले निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।

अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ। त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ।’


प्रतिक्रिया दिनुहोस्