कानुननमन्त्री कार्की भन्छन्- देश विकास गर्न एमसीसी चाहिन्छ, जसरी पनि पास गर्नुपर्छ!

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ३७


काठमाडौं । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमै मन्त्री रहेका बेला एमसीसी सम्झौतामा हस्ताक्षर गरेका नेपाली काँग्रेसका नेता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी नेपालको लागि आवश्यक रहेको बताएका छन।

शुक्रवार सुनसरीमा आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले देशको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताए।

हाल दलीय खिचातानीले एमसीसी ओझेल मापर्ने सम्भावना बढाएको भन्दै मन्त्री कार्कीले जसरी भएपनि संसदबाट सो सम्झौता पास गराउनुपर्ने बताए।

एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा भ्रम फैलाउनु र राजनीति गर्नु नहुने बताए।

‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन।’, कानूनमन्त्री कार्कीले भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ।’

 


प्रतिक्रिया दिनुहोस्