काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
खनालनिवास डल्लुमा उनीहरूबीच एक घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
सापकोटाले खनालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै समासामयिक परिस्थितिको बारेमा छलफल भएको थियो।