काठमाडौं । सरकारले काठमाडौं जिल्लामा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउने भएको छ।
पहिलो डोज लगाएका नागरिकहरुले सो खोप लगाउन पाउने छन्। ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सो खोप लगाइने भएको छ।
कीर्तिपुर नगरपालिकामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप लगाइँदैछ।
यस्तै, नागार्जुन नगरपालिकाको १०, तारकेश्वरको ११, दक्षिणकालीको ९, बुढानीलकण्ठको १३, टोखाको ११ तथा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको ९–९ स्थानमा भेरोसेलको दोस्रो डोज खोप लगाउन लागिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यसैगरि, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा पनि खोप केन्द्र तोकिएको छ।
काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारे तलको सूची हेर्नुहोस्