पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न पौडेल पक्षलाई प्रधानमन्त्री देउवाले बोलाए

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ४९


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन्।

बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन्। खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन्।

‘रामचन्द्र दाई आउनुभएको छ। पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ’, देउवाको सचिवालयका एक सदस्यले भने।

डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुनस्निर्वाचनको माग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्