पौडी खेल्दा डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ४७


भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–१ खाम्ताङमा पौडी खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ।

आमचोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्