सत्याग्रहका लागि डा.केसी अमेरिका प्रस्थान

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ५२


काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन।

विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन उनी अमेरिका तर्फ लागेका हुन।

२ दिने सामूहिक सत्याग्रहको अवधारणा लिएर डा.केसी सहितको टोली अमेरिकाको न्यूयोर्क तर्फ लागेको हो।

डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको बताइएको छ।

जलवायु परिवर्तन, कोभिड खोप लगायतका विषयमा विश्वका नेताहरूको ध्यानाकर्षण गर्न डा केसीले अमेरिकामा सत्याग्रह गर्ने सोलिडारिटी फर डा. केसी अलायन्सले जनाएको छ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश तथा शान्ति स्थापनाको ध्यानाकर्षणका लागि उनी अमेरिका प्रस्थान गरेका हुन्।

सोलिडारिटी फर डा केसी अलायन्सले विज्ञप्तिमा भनेको छ, ‘हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई दिइने छ। सेप्टेम्बर १४ देखि सुरु हुने संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएको हुँदा सो शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो। ‘


प्रतिक्रिया दिनुहोस्