अमेरिकी राष्ट्रपतिले अस्ट्रेलियाका प्रधानमन्त्रीको नाम बिर्सिएपछि भने ‘तलका साथी’ (भिडिओ)

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ४४


बिहीबार अमेरिका, अस्ट्रेलिया र बेलायतबीच त्रिदेशीया रक्षा गठबन्धन घोषणा भयो। यी राष्ट्रले हिन्द–प्रशान्त क्षेत्रमा चिनियाँ चुनौतीको एक भएर सामना गर्ने सम्झौता गरे।

त्यतिमात्र नभएर अस्ट्रेलियाले अमेरिकाबाट शक्तिशाली पनडुब्बीहरु खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्यो। सो क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नामले नै सम्बोधन गरे।

तर जब उनले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई सम्बोधन गर्नुपर्ने थियो उनले स्कट मरिसनको नाम बिर्सिए र उनलाई साथी मात्र भने। उनले मरिसनको नाम बिर्सिएको भिडिओ यतिबेला भाइरल बनिरहेको छ।

भिडिओ बैठकमा बाइडेन, मरिसन र जोन्सनबीच छलफल भएको थियो। बाइडेनले भनेका छन्,‘धन्यवाद बोरिस र…र म त्यहाँ तल रहेका मेरा साथीलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद साथी, म तपाइँ प्रधानमन्त्रीको कदर गर्छु।’

७८ वर्षका बाइडेनले धेरैपटक भुल्ने गरेको घटना सार्वजनिक भएको छ। यसैवर्ष जी ७ सम्मेलनमा पनि उनी बाटो भुलेर क्याफेतिर रुमल्लिएको भिडिओ सार्वजनिक भएको थियो।

डिमेन्सिया रोगका कारण उनले भुल्ने गरेको बताइन्छ। यसअघि अमेरिकी सेनाको कार्यक्रममा जाँदा त उनले सेनालाई बस्नको लागि आग्रह गर्नै बिर्सिएका थिए।

भिडिओ


प्रतिक्रिया दिनुहोस्