शिल्पा भन्छिन्ः काममा व्यस्त भएका कारण श्रीमान कुन्द्राको कामबारे थाहै भएन

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १ : ०८


भारतीय उद्योगपति राज कुन्द्रा अश्लिल चलचित्र बनाएको अभियोगमा हाल हिरासतमा छन्। यसबीचमा उनका श्रीमती अभिनेत्री शिल्पा सेट्टीले आफू काममा व्यस्त भएका कारण श्रीमानको कामबारे जानकार नभएको बयान दिएकी छिन्।

एनडीटीभीका अनुसार मुम्बईको क्राइम ब्रान्चलाई दिएको बयानमा शिल्पाले श्रीमानले बनाएका अश्लिल चलचित्र, विवादित एप्स हटसट् तथा बोलीफेमबारे पनि उनलाई थाहा छैन।

उनले आफूलाई यस मुद्दामा नतान्न पनि भारतीय मिडिआसँग आग्रह गरेकी छिन्। हाल उनी फेरि रियालिटी कार्यक्रममा देखिन थालेकी छिन्। यसअघि उनी र कुन्द्राबीच सम्बन्धविच्छेद हुने चर्चा पनि चलेको थियो।


प्रतिक्रिया दिनुहोस्