स्पेस स्टेसनबाट तीन महिनापछि पृथ्वी फर्किए यी चिनियाँ अन्तरिक्षयात्री

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : ३७


चीनको स्पेस स्टेसन बनाउने लक्ष्य दिनदिनै पुरा हुँदै गएको छ। तीन महिना अगाडि तीन अन्तरिक्षयात्री स्पेस स्टेसन बनाउन अन्तरिक्षमा गएका थिए। उनीहरु महत्वपूर्ण काम गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।

चाइना डेलीका अनुसार सेन्झाउ १२ मिसनमा अन्तरिक्ष गएका उनीहरु स्पेस स्टेसनमा ३ महिना समय विताएर आज पृथ्वीमा फर्किएका हुन्। रिइन्ट्री क्याप्सुलमा उनीहरु सफलरुपमा स्वायत्त क्षेत्र मंगोलियामा अवतरण गरेका हुन्।

मंगोलियास्थित बोदन जरान मरुभूभिको दोङफेङ ल्यान्डिङ साइटमा उनीहरु अवतरण गरेका हुन्। अन्तरिक्षयात्रीहरु नि हाईसेङ, लिउ बोमिङ र ताङ होङ्बो स्पेस स्टेसन जोड्न तथा मर्मत गर्न अन्तरिक्ष गएका थिए।

नि हाइसेङको नेतृत्वमा गएको यो तीन अन्तरिक्षयात्रीको टोलीले ९२ दिन स्पेस स्टेसनमा बिताए। गत जुन १७ मा उनीहरु सेन्झाउ १२ रकेटबाट अन्तरिक्ष गएका थिए। चीनको पहिलो ‘तियानगोङ स्पेस स्टेसन’मा पुग्ने उनीहरु पहिलो अन्तरिक्षयात्री हुन्।

भिडिओ

तियानगोङमा रहँदा उनीहरुले स्पेसवाक गरेभने स्पेस स्टेसनका सामग्री जोड्न महत्वपूर्ण भूमिका खेले। त्यहाँ उनीहरुले अन्य महत्वपूर्ण अनुसन्धान पनि गरेका थिए। त्यहीँबाट उनीहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भिडिओमा कुराकानी गरेका थिए।

हाल विश्वमा सक्रिय स्पेस स्टेसन इन्टरनेसनल स्पेस स्टेसन मात्र हो। सो स्पेस स्टेसन अमेरिका, रुस, युरोप, जापान र क्यानडाले मिलेर बनाएका हुन्। जसमा चीनलाई प्रतिबन्ध लागेको छ।

तर सो स्पेस स्टेसन बिग्रिन थालेको छ। सो स्पेस स्टेसन बिग्रिएको खण्डमा अन्तरिक्षमा चीनको मात्र स्पेस स्टेसन हुनेछ। जसले अन्तरिक्ष अनुसन्धानमा सबैभन्दा धेरै फाइदा हुनेछ। चीनको स्पेस स्टेसन चाँडै संचालनमा आउनेछ।

HK, China, Asia news & opinion from SCMP's global edition | South China Morning Post

China picks veteran to lead first space station crew, as lift-off preparations begin | South China Morning Post

Working, dining, TV news, exercising: A day in China Space Station - CGTN

What Does China's New 'Heavenly Palace' in Space Mean for the ISS? | HowStuffWorks

China's Tiangong space station: what it is, what it's for, and how to see it


प्रतिक्रिया दिनुहोस्