भारतका प्रधानमन्त्री मोदी ७१ वर्षमा प्रवेश, देउवाले दिए जन्मदिनको शुभकामना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : ०३


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज ७१ औं जन्मदिन मनाउँदैछन्। उनलाई देशविदेशबाट शुभकामना आइरहेको छ। यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।

शुक्रबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका ह्ुन्। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ।

मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यसका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्