ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा स्काभेटर

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : ४७


अंकारा । टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती मजदुर तोडफोडमा उत्रिएका हुन् । एउटा भिडियोमा उनले डोजर र स्काभेटर लगाएर ती ट्रक ध्वस्त पारेको देखिन्छन् ।

मूर्ख मजदुरले जथाभावी ट्रकमा डोजर लगाउँदा अन्य सहकर्मीले हस्तक्षेप गरेको त्यहाँको कोनहर्ब समाचार संस्थाले जनाएको छ । तोडफोडपछि हकन नाम गरेका ती मजदुर पक्राउ परेका छन् । उनीमाथि कानूनी कारबाही हुने समाचारमा जनाइएको छ ।

उनी लामो समयदेखि सो कोइलाखानीमा काम गर्थे । मालिकले दिएको ज्याला आफ्नै काकाले खाइदिएपछि त्यसको रिस उनले कारखानामा पोखेका थिए ।

यसअघि बेलायतमा पनि यस्तै घटना भएको थियो । ज्याला नपाएको रिसमा एक घरेलु कामदारले मालिकका महंगा गाडी तोडफोड गरेका थिए । उनलाई अपराधसम्बन्धी मुद्दामा जेल चलान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्