राष्ट्रिय समृद्धिको पर्वका रुपमा मनाइँदै यसवर्षको विश्वकर्मा पूजा

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ८ : ०६


हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रुपमा मनाउने प्रचलन रहिआएको छ । सौर मास अनुसार हरेक वर्ष आश्विन १ गते वास्तुविद् तथा शिल्पकार भगवान् विश्वकर्मा बाबाको पूजा गर्ने प्रचलन सदीयौंदेखि चलिआएको छ । विशेष गरी यस वर्ष हरि परिवर्तिनी एकादशी व्रत, वास्तु दिवस, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवस र राष्ट्रिय विज्ञान दिवस समेत परेकाले यस दिनलाई राष्ट्रिय समृद्धिको पर्वका रुपमा पनि मनाउन सकिने ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी गराउनु भएको छ ।

धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । वैदिक सनातन हिन्दु धर्ममा विश्वकर्मा बाबालाई निर्माण,वास्तुकला, शिल्पकला,मूर्तिकला सवारी साधन लगायत समस्त सांसारिक कलात्मक बस्तुहरूको अधिष्ठात्र देवताका रुपमा पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ । शास्त्रमा उल्लेख भएअनुसार सुनै सुनको दरबारका रुपमा चिनिने लङ्कालाई सम्पूर्ण वास्तुसम्मत तरिकाबाट निर्माण गरेको हुनाले विश्वकर्मा बाबालाई वस्तु शास्त्रका पिता भनेर पनि वास्तुविद्हरुले वस्तु दिवसका रुपमा विश्वकर्माको पूजा गरी मनाउँदै आएका छन् ।

विश्वकर्माका ऋद्धि, सिद्धि र संज्ञा नामका तीन वटा छोरिहरु थिए जसमध्ये ऋद्धि र सिद्धि नाम गरेका दुई वटी छोरीको विवाह भगवान् चन्द्रशेखर तथा माता पार्वती पुत्र गणेश भगवान् सँग भएको हो भने संज्ञाको विवाह महर्षि कश्यप तथा देवी अदितिका पुत्र सूर्यनारायण सँग भएको शास्त्रमा उल्लेख गरिएको छ । विश्वकर्मा पूजा राष्ट्र,राष्ट्रियताका साथै जनकल्याणकारीका रुपमा परिचित एक मर्यादित पूजा हो । प्रत्येक प्राणी सृष्टिकर्ता,शिल्प कलाधिपति,मेसिनरी कलाका जानकार तथा विज्ञानका सर्जक भगवान् विश्वकर्माको पूजा -अर्चना सँगै राष्ट्रिय उन्नतिका लागि पनि विश्वकर्मा पुजा गर्नु पर्ने नियम रहिआएको छ ।

विवाहदिषु यज्ञषु गृहारामविधायके। सर्वकर्मसु संपूज्यो विशवकर्मा इति श्रुतम॥

विश्व ब्रह्माण्डका दिव्य वास्तुकार भगवान् विश्वकर्मा पुजालाई आश्विन संक्रान्तिका नामले पनि पूजा गर्ने परम्परा रहिआएको छ । मानिसले जन्म जात नै अष्ट सिद्धि मध्ये कुनै एक कलाको सिद्धि गरेको हुन्छ र त्यही कलाको पूजा नै विश्वकर्मा पूजा हो । आजको दिन वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआरधना गर्नेछन् । वैदिक कालमा प्रयोग भएका विभिन्न हात हतियार वायु यान, कलात्मक शैलीमा निर्माण भएका दरबारका रचयिता तथा निर्माताकार हुन ।

आधुनिक विज्ञानले वैदिक कालमा प्रयोग भएका आकाश वाणी, पुष्पक विमान जसलाई लङ्काका राज रावणले समेत प्रयोगमा ल्याएका थिए भने रामवाणका रुपमा चिनिएको अत्याधुनिक हतियार लगाएका बस्तुहरूको आधुनिक विज्ञानले समेत नयाँ शैलीमा प्रयोगमा ल्याएकोछ । मानिसको मनले जतिपनि कल्पना गर्ने विचारहरु छन ती सबै बिचार तथा कल्पनाहरु महाभारत कालमा प्रयोगमा भैसकेका छन् । आधुनिक विज्ञानले वैदिक कालमा प्रयोग भएका कला र सृष्टिको अनुसन्धानका लागि अहिले आधुनिक विज्ञानले अर्वौ डलर खर्च गरिसकेको छ ।

लेखक ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल हुन् ।


प्रतिक्रिया दिनुहोस्