प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ९ : ११


काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्