प्रधानमन्त्री देउवा र प्रचण्डलाई भेटेर बाबुरामले भने-राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गरौं

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ९ : ०३


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पछिल्लो समय अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा खुलेरै लागेका छन।

सो सम्झौताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा डा.भट्टराई भने संसोधन नै नगरि पारित गर्नुपर्ने पक्षमा देखिएका हुन।

डा.भट्टटराईले आज पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित आफ्नो पार्टी सहभागी सत्तारुढ गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरी राष्ट्रिय सहमतिमा एमसीसी पास गर्नुपर्ने सुझाव दिएका छन्।

भट्टराईले सरकारलाई पूर्णता दिन र राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्