इन्टरनेटको शुल्क प्रति महिना ३ सय बढाउने आईस्पानको निर्णय

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ८ : ४१


काठमाडौं । इन्टरनेटको सेवा प्रदायक संस्था (आईस्पान)ले इन्टरनेटको शुल्क प्रति महिना ३ सय बढाउने निर्णय गरकेो छ।

नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने जनाएको छ।

आईस्पानको बुधवार बसेको बैठकले सहरी क्षेत्रमा हरेक ग्राहकसँग प्रति–महिना एक सय ५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको आईस्पानले जनाएको छ।

संस्थाले हिजो प्राधिकरणलाई पठाएको पत्रमा सहरी क्षेत्रका प्रत्येक इन्टरनेट प्याकेजमा रु एक सय ५० र ग्रामिण क्षेत्रमा तीन सयले वृद्धि गर्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्