नेप्से अगाडि अनसन बस्न गएका सेयर लगानीकर्ता पक्राउ

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ७ : ५३


काठमाडौं । सेयर बजारमा सुधारको माग राख्दै आमरण अनसन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) अगाडि पुगेका सेयर लगानीकर्तामाथि प्रहरीले धरपकड गरेको छ।

पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आमरण अनसन सुरु गरेका लगानीकर्ताको टोलीलाई प्रहरीले अनसनस्थलबाटै नियन्त्रणमा लिएको हो।

अर्थमन्त्री र गर्भरनरको बर्खास्तीको मुख्य मागसहित आमरण अनसन सुरू गरेका लगानीकर्ताहरुलाई प्रहरीले बेलुकी ७ बजे पक्राउ गरेको हो।

अर्थमन्त्रीको राजीनामाको मागसहित अनशनमा बसेका उनीहरु १६ बुँदे मागसहित नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा अनसन बसेका थिए।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री र गभर्नरको राजीनामा माग्दै शेयर लगानीकर्ताले सुरु गरे आमरण अनसन

 


प्रतिक्रिया दिनुहोस्