बाजले कुखुरा मार्न खोजेपछि बाख्राले यसरी बचायो (भिडिओ)

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ५ : ३१


विश्वका सर्वश्रेष्ठ प्राणी हामी मानिस हौं। तर मानिस कहिलेकाँही जनावरभन्दा पनि अज्ञानी भइदिन्छन्। त्यहीँनेर जनावर भने मानिसभन्दा ज्ञानी भइदिन्छन्।

हालै इन्टरनेटमा भाइरल एक भिडिओले जनावर पनि ज्ञानी हुन्छन् र उनीहरुको पनि सहयोगी भावना हुन्छ भन्ने पुष्टि गरिदिएको छ।

बाज निकै शक्तिशाली पंक्षी हो जो आकाश माथिमाथिसम्म उड्नसक्छ। यसको पञ्जा यति खतरनाक हुन्छ कि यसले चरा, सर्प, कुखुरा कहिलेकाँही भेडा बाख्रा नै आक्रमण गरेर मारेर खानसक्छ।

(भिडिओ)

भिडिओमा देखिएअनुसार त्यही शक्तिशाली पंक्षी बाजले एउटा कुखुरालाई आक्रमण गर्छ। त्यसपछि अर्को कुखुराले बाजलाई भगाउन मद्दत त गर्छ तर बाजले कुखुराको भुत्ला उखेलिने गरी आक्रमण गरी रहन्छ।

त्यतिकैका एउटा बार्खाले आएर बाजलाई सिंगले हिर्काएपछि भने बाज भाग्छ र कुखुराको ज्यान जोगिन्छ।


प्रतिक्रिया दिनुहोस्