भेडाले कराएर निद्रा खराब गरेपछि रोनाल्डो हालसालै किनेको घरबाट सरे

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ४ : २१


हालै बेलायती क्लब म्यानचेस्टर युनाइडेडमा दोस्रोपटक अनुबन्धित भएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टरमा ६० लाख पाउन्डमा नयाँ घर खरिद गरेका थिए।

सो घरमा उनी आफ्ना प्रेमिका जोर्जियाना रोड्रिग्वेज चार छोराछोरी र आमा बस्न थालेका थिए।

तर रोनाल्डो यतिबेला चेसाइरको अर्को घरमा सरेका छन्। सो घरको मूल्य ३० लाख पाउन्ड भएको जनाइएको छ।

पहिलेको घरमा भेडाले रोनाल्डोको निद्रा बिगारेपछि उनीहरु दोस्रो घर सेको द सनले जनाएको छ। सो घर नजिकै खुला चौरहरु थिए जसका कारण त्यहाँ भेडा बाख्रा चर्न जान्थे।

 


प्रतिक्रिया दिनुहोस्