मोबाइल, कपडा र चेक किनारमै छाडेर भेरीमा हामफालेकी महिला बेपत्ता

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ४७


सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन्। भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन्।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन्।

‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए ।

नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् ।


प्रतिक्रिया दिनुहोस्