अमेरिका र अस्ट्रेलियासँग रुष्ट बनेको फ्रान्सले भन्योः बाइडेन ट्रम्प बन्न खोजे

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ३५


अमेरिका र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी खरिद गर्ने सम्झौताबाट फ्रान्स असन्तुष्ट भएको छ। अस्ट्रेलिया र अमेरिकाबीच शक्तिशाली पनडुब्बी खरिद सम्झौता भएको छ।

यसअघि सोही क्षमताको पनडुब्बी अस्ट्रेलियाले फ्रान्सबाट खरिद गर्ने भएको थियो। तर पछि अमेरिकासँग सम्झौता गरेपछि फ्रान्सका विदेशमन्त्री जिन ईभ्स ले ड्रियाले अमेरिका र अस्ट्रेलियाले पछाडिबाट छुरा हानेको बताएका हुन्।

पाँचवर्ष अगाडि अस्ट्रेलियाले फ्रान्सबाट १५ पनडुब्बी खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। विदेशमन्त्री जिनका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अस्ट्रोलियासँगको रक्षा सम्झौता उल्टाउन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै भूमिका खेले।

त्यसबेला ५६ अर्ब यूरोमा सम्झौता भएको थियो। यतिबेला सम्झौता उल्टाउँदै रक्षा सम्झौता अमेरिकाले आफ्नो हातमा प्राप्त गरेपछि फ्रान्सले अमेरिकालाई बेइमानको संज्ञा दिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्