बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजारमा ठूलो पहिरो, डराए लगानीकर्ता

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : १२


काठमाडौं । तरलताको अभाव हुँदै गएपछि पछिल्लो समय बैंकहरुले ब्याजदर बृद्धि गर्न थालेका छन।

असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका छन।

बैंकहरुले १० प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

बैंकले ब्याजदर बढाउन थालेपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिन थालेको छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोकर्जामा १२ करोडको सीमा राख्नु, संसदमा बजेट अध्यादेश पारित नहुँदा मुलुक बजेट विहिन अवस्थामा रहनु तथा बैंकहरुले ब्याजदर बढाउँनाले सेयर बजार त्यसको नराम्रो प्रभाव देखिएको जानकारहरु बताउँछन।

साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७६.६५ अंकको गिरावट देखिएको छ।

आज नेप्से २८१२.३९ को बिन्दुमा बजार बन्द भएको छ। यसदिन कारोबारमा आएका कम्पनी मध्ये मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बिमा संस्थान बाहेक सबै कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ।

समग्र नेप्से २.६६ प्रतिशतले घट्दा करिब ९ अर्बको कारोबार भएको छ। नेप्सेमा आजको कारोबार रकम बुधबारको भन्दा ४ अर्ब बढी हो। घट्दो बजारमा भोल्यम बट्दै जानुले लगानीकर्ताहरु ‘प्यानिक’ भएको बुझ्न सकिन्छ।

नेप्सेका सबै उपसुचक राताम्य हुँदा हाइड्रो र फाइनान्स कम्पनीको शेयर मूल्यमा सबै भन्दा बढी गिरावट आएको छ।

यी हुन आज धेरै गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्