डेनमार्कमा एकै रातमा मान्छेले मारे १४ सय डल्फिन!

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ०९


डेनमार्कको फारो टापुमा एकै रातमा मान्छेहरुले १४ सय २८ वटा डल्फिन मारेका छन्।

बीबीसीका अनुसार ह्वाइट–साइडेड डल्फिनहरु त्यहाँका नागरिकले मारेका हुन् जसको मानवअधिकारकर्मीले विरोध गरिरहेका छन्।

खबरअनुसार फारो टापुका स्थानीयले डल्फिन मार्ने परम्परालाई निरन्तरता दिँदै यसैहप्ताको आइतबार डल्फिन माछा मारेका हुन्।

सी सेपहर्ड नामक समुद्री संरक्षण समूहले डल्फिन मार्ने कार्य क्रूर र नराम्रो कार्य भनेको छ।

फारो टापु डेनमार्कको स्वायत्त क्षेत्र हो। त्यहाँ लामो समयदेखि डल्फिन मार्ने परम्परा भएता पनि पछिल्लो समय मानवअधिकारकर्मीले उक्त संस्कारको विरोध गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्