राजतन्त्र विरुद्ध बोल्दा मदन भण्डारीको हत्या : बादल

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  २ : ५६


काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको बताएका छन्।

बुधबार काठमाडौंमा जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका हुन्।

‘मदन भण्डारीको किन हत्या गरियो?’ बादलले जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘यसका पछाडि राजनीतिक कारण छ। मदन भण्डारी राजतन्त्रको विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो। साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो।’

वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्ने क्रममा उनले दलहरूमा र तिनका नेताहरूमा विकास भएको चेतनाले नै देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आइपुगेको बताए।

तर, यसबीचमा गणतन्त्रको चेतना भएका मदन भण्डारीजस्ता नेताहरू गुमाउनु परेको उनको भनाइ छ। न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्