अमेरिका, बेलायत र अस्ट्रेलियाले आफूविरुद्ध शीतयुद्धको मानसिकता राखेको चीनको आरोप

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  २ : २४


अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतासँगै यी देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्नेछन्।

हिन्द महासागरमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट तीन वटै देश चिन्तित छन्। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक आणविक शक्तियुक्त पानीजहाज निर्माण गर्न सहयोग गर्नेछ।

अउकस नाम दिइएको सो सम्झौतामा कृत्रिम गुप्तचरी, विशेष प्रविधि र साइबर समेटिएको छ। अमरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अस्ट्रेलियाले फ्रान्सेली मोडलको पानीजहाज निर्माण गर्न पक्रिया सुरु गरेको छ । अस्ट्रेलियाको जल सेनाका लागि १२ वटा जहाज निर्माण गर्न फ्रान्सले अर्ब डलर बराबरको सम्झौता गरिसकेको छ। यो अस्ट्रेलियाको रक्षा क्षेत्रमा अहिलेसम्मकै ठूलो सम्झौता हो।

चीनको प्रतिक्रिया
आफूलाई घेर्ने हिसाबले अमेरिका, बेलायत र अस्ट्रेलियाले सम्झौता गरेपछि चीन आक्रोशित भएको छ। यी राष्ट्रले खुलेआम आफूविरुद्ध मोर्चा बनाएको भन्दै चीनले यो कार्यले शीतयुद्धको मानसिकता झल्काएको प्रतिक्रिया जनाएको छ।

चीनले प्रविधि साटासाट गर्ने त्रिदेशी सम्झौताका बारेमा भनेको छ,‘यी कारणहरुले गर्दा नै अन्तर्राष्ट्रिय रुपमा हतियार प्रसारको रोकथाम प्रयासमा धक्का लागेको छ।’ अस्ट्रेलिया र अमेरिकाबीच परमाणु पनडुब्बी सम्झौता हुनुलाई चीनले गैरजिम्मेवारपूर्ण कदम पनि भनेको छ।

चिनियाँ विदेश मन्त्रालयले तेस्रो देशलाई घेर्ने नीतिका साथ खडा गरिने क्षेत्रीय गठबन्धन बनाउन नहुने बताएको छ। बीबीसीको सहयोगमा

यो पनिः चीन घेर्ने नीति बनाउन बाइडेनले ह्वाइट हाउस डाके क्वाडका नेताहरु


प्रतिक्रिया दिनुहोस्