भारतमा हरेक दिन ८० हत्या र ७७ बलात्कारका घटना!

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : २७


भारतको राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० अर्थात् गत वर्षको अपराधसँग जोडिएको डेटा सार्वजनिक गरेको छ।

तथ्यांकअनुसार सन् २०१९ मा भन्दा भारतमा गतवर्ष अपराधको घटना २८ प्रतिशतले बढेको देखिएको छ।

कोरोना भाइरसका कारण विश्व ठप्प भएको अवस्थामा पनि भारतमा आपराधिक घटना बढेको पाइएको हो। अध्ययनअनुसार कोरोनाविरुद्धको नियमको उल्लंघनको घटनालाई पनि अपराधको रुपमा प्रहरीमा दर्ता गरिएको छ।

रिपोर्टअनुसार गतवर्ष भारतमा २९ हजार १९३ हत्याको मामिला दर्ज भएको छ। यसको अर्थ भारतमा हरेक दिन ८० जनाको हत्या भयो।

यस्तै गतवर्ष भारतमा २८ हजार ४६ बलात्कारको घटना प्रहरीकोमा दर्ता भएको छ। अर्थात् भारतमा हरेकदिन औसत ७७ बलात्कारको घटना भएको छ।

यस्तै गतवर्ष भारतमा महिलाले ४ लाख ५ हजार ३२६ पटक अपराध गरे, सन् २०१९ मा भने महिलाविरुद्ध ३ लाख ७१ हजार ५०२ मुद्दा दर्ता भएका थिए। बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्