संविधान दिवसलाई ‘कालो दिन’का रुपमा मनाउन महन्त ठाकुरको सर्कुलर

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : १९


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान दिवसलाई कालोदिवसका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ।

असोज ३ गते संविधान दिवस मनाइन्छ। सो दिनलाई लाई ‘कालो दिन’ को रुपमा मनाउन अध्यक्ष ठाकुरले सबै जिल्ला समितिलाई सर्कुलर गरेका हुन्।

अपूर्ण संविधानमा संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधनार्थ असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न उनले जिल्ला संयोजकहरुलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्