भारतीय अभिनेत्री करिना कपुरले १२ करोड पारिश्रमिक मागेको चलचित्रमा कंगना रणावतले काम गर्ने भएकी छिन्।
यसको अर्थ करिनालाई चलचित्रबाट हटाएर कंगनालाई स्थान दिइउको छ। करिनाले महिला अभिनेत्रीले पनि पुरुष सरह पारिश्रमिक पाउनुपर्ने बताएछि चलचित्र ‘सीता’को चर्चा चुलिएको थियो।
यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ। करिनाले १२ करोड भारु मागेपछि निर्माणपक्षले करिनो महंगो रकम मागेको बताएका थिए।
यसबीचमा चलचित्रका लागि नायिका कंगना रणावत छानिएको हो। सीता चलचित्रका निर्देशक अलौकिक देसाइले यो खबरको पुष्टी गरेका छन्। उनले, सामाजिक संजालमा कंगनासँगको तस्वीर पोष्ट गरेका छन्।
उनले भनेका छन्,‘म सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित छु। यो पवित्र यात्राले हाम्रो पौराणिक कथालाई हेर्ने तरिका नै बदल्नेछ।’ एजेन्सी