प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, थपिए ५ मन्त्री (सूचीसहित)

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ४५


विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ।

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ।

यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्त गरिएको छ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सपथ खुवाउने तयारी गरिएको छ।

नवनियुक्त ५ जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ पनि आजै लिएका छन्।


प्रतिक्रिया दिनुहोस्