अत्यधिक डायटिङपछि कुपोषणको शिकार बनिन् यी मोडेल!

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ३८


अस्ट्रेलियाकी चर्चित मोडेल ब्रिडगेट माल्कोमले आफूले अत्यधिक डायटिङ गरेका कारण कुनै समय आफू कुपोषणको शिकार बनाएको खुलासा गरेकी छिन्।

२९ वर्षकी माल्कोमका अनुसार मोडेलहरु जुन कम्पनीको लागि काम गर्छन् अस्ट्रेलियामा त्यस्ता कम्पनीले मोडेलहरुलाई दुब्लो र आकर्षक देखिरहन दबाब दिइरहन्छन्।

दबाबकै कारण आफूले अत्यधिक डायटिङ गरेको र कुपोषणको शिकार बनेको उनको भनाइ छ। उनका अनुसार दुब्लो र कुपोषित हुँदा उनले भर्‍याङसमेत सढ्न सकेकी थिइनन्, कम्पनीको दबारले उनी मानसिक रुपमा रोगी भएकी थिइन्।

डेली मेलका अनुसार माल्कोम केही समय अगाडि लेडिज अन्डरगार्मेन्ट्स कम्पनीमा काम गर्थिन्। उनले सन् २०१५ देखि २०१६ सम्म सो कम्पनीमा काम गरेकी थिइन्।

अन्डरवेयर तथा ब्राको विज्ञापनमा उनीहरुले काम गर्नुपर्थ्यो। जसका कारण शारीरिक रुपमा फिट देखिन उनीहरुलाई दुब्लो देखिनुपर्ने दबाब थियो। माल्कोमले आफूसँगै अन्य महिला पनि त्यसबेला दबाबमा रहेको बताउँछिन्।

कम्पनीकै दबाबका कारण यतिबेला माल्कोमले मोडलिङ पेशा छाडेकी छिन् यतिबेला उनी मानसिक स्वास्थ्य सम्बन्धी अभियन्ता हुन्। अधिवक्तासमेत रहेकी उनले मानसिक स्वास्थ्य तथा डिप्रेसनको शिकार भएकाहरुलाई मद्दत गर्छिन्।


प्रतिक्रिया दिनुहोस्