अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : ओली

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ०४


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन्।

बुटवलमा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए। घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।

‘हामीले धरहरा बनायौं। रानीपोखरी बनायौ’, उनले भने, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे। यिनीहरूले भत्काउलान् तर बनाउँदैनन्। यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं। एमालेले बनाउँछ’ उनले भने।

-न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्