बेलायती महारानी इलिजावेथले किमलाई पठाइन् शुभकामना सन्देश

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ०४


बेलायती महारानी इलिजावेश दोस्रोले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई शुभकामना सन्देश पठाएकी छिन्। सीएनएनका अनुसार बकिङघम दरवारले इलिजावेथले किमलाई शुभकामना दिएको जानकारी दिएको छ।

बेलायतको कमनवेल्थ एन्ड डेभलोपमेन्ट एफसीडीओले महारानी इलिजावेथको तर्फबाट पत्र पठाएको हो। एफसीडीओका अनुसार पहिलेजस्तै अहिले पनि उत्तर कोरियाको वार्षिकोत्सवमा महारानीले शुभकामना पठाएकी हुन्।

गत सेप्टेम्बर ९ मा मात्र उत्तर कोरियाले देशको ७३ औं वार्षिकोत्सव मनाएको थियो। बकिङघम दरबारका अनुसार विश्वभरको देशको वार्षिकोत्सवमा शुभकामना पठाउनु दरबारको नियम हो।

यसपटक उत्तर कोरियाले वार्षिकोत्सवमा कुनै शक्तिशाली हतियारको प्रदर्शन गरेको थिएन। यद्यपी पछिल्लो एक हप्ताको अवधिमा उत्तर कोरियाले दुईपटक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ जसले संयुक्त राष्ट्रसंघको नियम उल्लंघन गर्दछ।


प्रतिक्रिया दिनुहोस्